महिलाहरूसंग मेयर: भरतपुर महानगरपालिकाद्वारा १६२ जना छात्रालाई साइकल वितरण

डिल कुमारी नेपाल, चितवन । भरतपुर महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई नि:शुल्क साइकल वितरण गरेको छ ।

अपठेरामा परेका महिलाहरूसँग मेयर कार्यक्रम अन्तर्गत सोमबार महानगरभित्र रहेका छ वडाका १६२ जना छात्रालाई साइकल वितरण गरिएको हो।

भरतपुर महानगरपालिका-२६ मा रहेको आदर्श माध्यमिक विद्यालय दिव्य नगरमा आयोजित कार्यक्रममा दोस्रो चरणमा वडा नं. १७, २४, २५, २६, २७ र २८ नम्वरका विद्यालयका छात्रालाई महानगर प्रमुख रेणु दाहालले अाज साईकल बितरण गर्नुभयो ।

महानगरभित्रका विपन्न, गरिब र जोखिममा परेका परिवारका छात्रालाई शिक्षामा निरन्तरता दिनको लागि साइकल वितरण गरिएको मेयर दाहालले बताउनुभयाे।

दाहालले दैनिक ज्यालादारी काम गरि खाने परिवारका छात्राहरु, टाढा-टाढाबाट विद्यालय आउँदा छात्राहरुलाई सहज होस्, र छात्राहरु नियमित विद्यालय जानका लागि उत्प्रेरित हुन् भन्ने उद्श्यले साइकल वितरण गरेकाे बताईन् ।

महानगरपालिका भित्रका विभिन्न वडाका विद्यालयका ३३० जना छात्रालाई क्रमशः साइकल वितरण गरिनेमा आज १६२ जनालाई वितरण गरिएको महानगर प्रमुख प्रशासकिय अधिकृत प्रेम राज जोशिले जानकारी दिनुभयाे।

महानगरले यस भन्दा पहिला भरतपुर वडा नं. १३, १४, २२, २३ र २४ नम्वरका १७ विद्यालयका १३५ छात्रालाई साईकल बितरण गरिसकेको छ, भने हालसम्म महानगरले २९६ वटा साइकल वितरण गरेको हाे।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पण्डित भण्डारी, वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु लगायतका वरिष्ठ भद्रभलाद्मीहरुकाे उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button