माडीको वडास्तरिय विपद् व्यवस्थापन समिति पुनर्गठन हुने, क्रियाशिल बनाउन तालिम संचालन गर्ने

डिलकुमारी नेपाल, चितवन । माडीका ९ वटै वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समितिहरु निष्क्रिय रहेकाले अब पुनर्गठित हुने भएको छ ।

वडास्तरीय समितिहरुको क्रियाशीलता न्यून रहेको देखिएकाले सबै वडास्तरीय समितिहरु पुनर्गठन वा गठन गरी क्रियाशील बनाउने निर्णय गरिएको हो।

वडास्तरीय माडी समितिहरुलाई सक्रिय बनाउन नगरपालिकाले आह्वान गरेको बैठकबाट आउँदो मंसिर ९ गतेभित्र नयाँ समितिहरु चयन गर्ने निर्णय भएको नगरपालिकाका विपद् श्रोत व्यक्ति गोविन्द न्यौपानेले बताउनुभयाे।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालको अध्यक्षतामा सोमबार बसेको बैठकले आगामी दिनमा वडाहरुमा पुनर्गठन हुने ९ वटै वडास्तरीय विपद् व्यवस्थापन समितिहरुको क्षमता अभिवृद्धि गरी क्रियाशील बनाउन नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर.आर.एन.)ले विशेष तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले बैठकका निर्णयहरुबारे जानकारी दिनुहुँदै उहाँले आउँदो मंसिर ११ गतेदेखि १५ गतेसम्म माडीको बसन्तपुर बजारमा सामुदायमा आधारित विपद जोखिम न्यूनीकरण तालिम सन्चालन गर्ने समेत निर्णय भएको बताउनुभयाे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button