चितवन एसपी नान्तीको सुधार कार्य लोकप्रिय बन्दै: पहुँच र पावरको आधारमा नै हुँ भन्नेहरु तितरबितर

डिलकुमारी नेपाल, चितवन । चितवन जिल्ला प्रहरी कार्यालयमा प्रलाेभनका कारण धेरै प्रहरीहरुकाे चितवन बस्ने हाेडबाजी भने जिल्ला प्रहरी प्रमुख एसपी नान्ती राज गुरुङले सम्माईदिएका छन्।
जिल्लामा प्रहरीको आफुखुशी सरुवा गर्ने, काजमा बस्ने, ठूलो राेग भने एसपी गुरुङले जरैदेखि उखाली दिएकाे कर्मचारी श्राेतले बताएकाे छ।
जिल्ला प्रहरी कार्यालय चितवनमा बर्षौदेखि जरागाडी बसिरहेका प्रहरी कर्मचारीलाई दायाँबायाँ पठाउने काम भने एसपी गुरुङले गर्नुभयाे। किनकि जिल्ला प्रहरी कार्यालय चितवनमा एसपीलाई भन्दा धेरै, तल्लाे फांटमा काम गर्नेकाे बढी खोजी हुनेगर्दथ्यो । त्यतिमात्र नभई जस्तो सुकै काम पनि पैसा दिए पछि हुन्छ भन्नेहरुकाे मुख भने अब बन्द भएकाे छ।
एउटै कारण थियो रकम असुली मुद्दा मिलाइ दिन्छु भन्ने नाईके प्रहरीहरुकाे भने यति बेला अाेठ समेत सुकेकाे पीडितहरुकाे गुनासाे छ जसका कारण एसपी गुरुङले मै हुँ भन्नेहरुलाई तितरबितर बनाई छाडिदिएका छन्।
पहुँच र पावर नभएका कर्मचारीलाई पालैपालाे सम्मानरुपले प्रहरी नियमावली अनुसार नै इन्चार्ज बनाई दिने भुमिका भने उनको अति सबल पक्ष हो।
सादा पाेशाक प्रहरीहरुले धेरैचलखेल गर्दै जनतालाई दुख दिने समस्या भने यसपालि कम भएकाे श्राेतले जानकारी दिएकाे छ।
सुरक्षा याेजना कार्यान्वयन गर्न हिडने प्रहरी कर्मचारीले नै नीतिनियम उलङघन गर्ने प्रथा हाल परिवर्तन भएपछि घट्नाहरुको प्रभाव अचेल स्थानिय तहमा कम भएकाे छ।
बिगतमा विशेष सुरक्षाकै बाहुल्यतामा चाेरिका साधन प्रहरीबाट नै बेचबिखन भएका घट्नाहरु छन, भने हाल प्रहरीद्वारा पैसा असुली धन्दा भने नयाँ प्रहरी कर्मचारीहरुबाट जिल्लामा कम हुने गरेको छ। जसका कारण चितवनमा एसपी गुरुङको हालकाे कडा भुमिकाले भने चितवन जिल्लाबासीमा गहिरो छाप बसेको छ।
चितवनमा हाल निकै सुधार हुँदै अाएकाे चर्चा बाहिर जिल्लावासीमा छ। यसरी काम गर्दै गए जुनसुकै क्षेत्रमा पनि सुधार हुने जनगुनासाहरुले हाल एसपी गुरुङ चितवनमा चचित र लोकप्रिय बन्दै गएका छन।