बैतडीमा भीरबाट लडेर किशोरीको मृत्यु

२५ कार्तिक २०७७, बैतडी । बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।
गाज्यो काट्ने क्रममा जिल्लाको सिगास गाउँपालिका –८ लुपुड की २० वर्षीया भागरथी बोहराको मृत्यु भएको हो ।
सोमबार अपरान्ह ४ बजे भीरबाट लडेर घटनास्थलमै भागरथीको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष द्रोपदी चन्दले बताइन ।