दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बईले जित्यो आईपीएल उपाधी

काठमाडौं । मुम्बई इन्डियनले १३ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) ट्वी–ट्वान्टी क्रिकेटको उपाधी हात पारेको छ ।

दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले १३ औं संस्करणको आईपीएल उपाधी हात पारेको हो । मुम्बईले लगातार दोस्रो गरी पाँचौं पटक आईपीएलको उपाधी हात पारेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६८ रन बनाए । ५१ बल सामना गरेका रोहितले ५ चौका तथा ४ छक्का प्रहार गरे ।

रोहितपछि इशान यादवले ३३ तथा क्विंटन डे कोकले २० रनको योगदान दिए । यस्तै, सूर्याकुमार यादवले १९ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

मुम्बईविरुद्ध दिल्लीका एनरिक नोर्कियाले ३ तथा कासिगो राबडा र मर्कस स्टोनिसले समान १–१ विकेट लिए ।

पहिलोपटक आईपीएलको फाइनल खेलेको दिल्ली क्यापिटल्सले मुम्बईलाई जीतका लागि १ सय ५७ रनको लक्ष्य दिएको थियो ।

टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रयेस अय्यरले अविजीत रहँदै अर्धशतकीय पारी खेले । ५० बलको सामना गरेका अय्यरले ६५ रन बनाए ।

यस्तै, रिसभ पन्तले पनि अर्धशतकीय पारी खेल्दै ३८ बलमा ५६ रन बनाए ।

शेखर धवनले १५ रनको योगदान गरे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

दिल्लीविरुद्ध मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिए भने नेथन कोल्टरनाइलले २ तथा जयन्त यादवले १ विकेट लिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button