प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जाँदै

काठमाडौं । ओली अरुण तेश्रो जलविद्युत परियोजना, किमाथांका नाका र उत्तर दक्षिण कोशी राजमार्ग अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जाँदै छन् ।
हेलिकप्टरमार्फत चीनसँग सिमाना जोडिएको उत्तरी क्षेत्रको किमाथांका जान लागेका प्रधानमन्त्रीले भोटखोला गाउँपालिका १ मा पर्ने किमाथांकाका साथै सीमा सुरक्षा पोस्टको अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले निर्माणधीन भवन, भन्सार कार्यालय र सुक्खा बन्दरगाहलगायत अवलोकन गर्ने साथै उनले आजै बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पनि अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै प्रधानमन्त्री ओली उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ जाने कार्यक्रम पनि रहेको छ ।