ट्युब मार्फत महाकाली तरेर भारत जाँदै गरेका चार नेपाली भारतीय प्रहरीको नियन्त्रणमा

महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका चार जना नेपालीलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ ।

सीमा नाका बन्द भएको बेला ट्युबबाट भारत गईरहेका चारजनालाई भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले मंगलबार नियन्त्रणमा लिएको भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिनुभयो । मजदुरीका लागि भारत गएका उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

अवैध रुपमा भारत प्रवेश गरेको भन्दै बझाङका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरबहादुर बोहरालाई पक्राउ गरिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिनुभयो । पक्राउ परेका चारैजनालाई आज अदालतमा पेश गरिने उहाँले बताउनुभयो ।

सीमा नाका झुलाघाट बन्द हुँदा रोजगारीका लागि भारत जानेहरु महाकालीमा ट्युब मार्फत जाने गरेका छन् । स्वदेशमा रोजगारी नपाएको भन्दै सैयौं मजदुर कोरोना कहरकाबीच भारत गईरहेका छन् ।

झुलाघाट नाका बन्द हुँदा उनीहरु महाकालीमा ट्युबमा मार्फत तरेर भारत जाने गरेका छन् । ट्युब मार्फत भारत प्रवेश गरेकाहरुलाई भारतीय प्रहरीले अवैध रुपमा प्रवेश गरेको भन्दै पक्राउ गर्ने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button