कोरोना नियन्त्रणका लागि उपत्यकामा फेरि कडा लकडाउन गर्न मेयरहरुको प्रस्ताव

काठमाडौं । काठमाडौं उपत्यकाका मेयरहरुले उपत्यकामा बढी रहेको कोरोना संक्रमण नियन्त्रणका लागि कडा खालको लकडाउनको प्रस्ताव गरेका छन्।

बुधबार सिंहदरबारमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेल लगायतसँग उपत्यकाका मेयरहरुले कोरोना रोकथामबारे छलफल गरेका हुन।

बैठकपछि मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम-नियन्त्रणको प्रयासका विषयमा छलफल भएको जानकारी दिए।

उपत्यका नगरपालिका फोरमका सचिवसमेत रहेका श्रेष्ष्ठले तिहार र छठपछि कोरोना संक्रमणको चक्र तोड्न केही समयका लागि कडा खालको लकडाउन र परीक्षणको दायरा फराकिलो बनाउनेजस्ता बिषयमा छलफल भएको बताए।

बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल उपस्थित थिए।

पछिल्लो समय देशभरका कुल संक्रमित मध्ये धेरै उपत्यकामा रहेको भन्दै प्रभावकारी कदम चाल्नुपर्नेबारे सिसिएमसी बैठकमा कुरा उठेको थियो।

छलपलमा मेयरहरुले फेरि लकडाउन गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै पीसीआरको दायार बढाउनु पर्ने, गम्भीर बिरामीका लागि तत्काल उपचार, आईसीयू, अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्न सुझाव दिएका हुन।

बैठकमा सहभागी टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनसमुदायलाई सचेत गराएर फेरि लकडाउन गर्नुपर्ने सुझाव दिएको बताए।

उपत्यकका १८ वटा स्थानीय तहका प्रमुखसँग मन्त्रीहरूले कोरोना नियन्त्रणका विषयमा छलफल गरेका हुन् ।

बैठकमा आपूर्ति व्यवस्था सहज बनाउनु पर्ने, कोरोनाको दोस्रो तरङ्ग आउन नदिन प्रभावकारी प्रयास गर्नुपर्ने, समूदायलाई परिचालन गर्नुपर्ने, उपत्यकामा कोरोनाको प्रभाव कम गर्न उपत्यका छिर्ने विभिन्न नाकामा हेल्थ डेस्क राख्नुपर्ने जस्ता विषय उठेका छन्।

त्यसका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्नुपर्ने सुझावसमेत आएका छन्।

छलफलमा उपप्रधानमन्त्री पोखरेलले स्थानीय सरकारको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button