आज बिहानै कलंकीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा आज बिहानै रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा ठक्कर दिने ट्रकमा रहेका ३ जनाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराका अनुसार नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र अर्का एक जनाको नाम खुलिसकेको छैन ।

दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button