५ लाख रुपैयाँ नगदसहित कुखुराको खोरबाट २४ जना जुवाडे पक्राउ

भरतपुर । ५ लाख रुपैयाँ बढी नगदसहित चितवनबाट २४ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले ५ लाख १७ हजार १७५ रुपैयाँसहित २४ जना जुवाडेलाई पक्राउ गरेको हो ।
उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जुवासम्बन्धी कसुरअन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङले जानकारी दिए ।