कोरोना संक्रमित चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । कोरोना संक्रमणपछि उपचाररत राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको ।

नेता केसीमा मंगलबार कोरोना पुष्टि भएको थियो । निमोनियाले ग्रस्त नेता केसीमा कोरोना पुष्टि भएपछि मेडिसिटी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीको उपचारमा आर्थिक अभाव सिर्जना भएको भन्दै पार्टीले सहयोग संकलन गर्ने निर्णय गरेको थियो । तर, उनको परिवारले भने सहयोग संकलन गर्ने पार्टीको निर्णयप्रति आपत्ति जनाएको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद बैठकले  उनको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button