होम आइसोलेशनमा बसेका कोरोना संक्रमितको मृत्यु

डडेल्धुरामा होम आइशोलेसनमा बसेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको परशुराम नगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरी भट्टले पुष्टि गरे ।
उनका अनुसार संक्रमितको मृत्यु बुधबार भएतापनि संक्रमित मृतकको दोस्रो रिपोर्ट आज(बिहिबार) आएको थियो ।
मृगौलाका बिरामी रहेका उनी कोरोना पुष्टिपछि घरमै होम आइशोलेसन बसेका थिए ।
मृतकको शव बुधबार नै आफन्तले व्यवस्थापन गरेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।