काँग्रेस क्षेत्रीय सभापतिद्धारा बिरामीलाई सहयोग

रातोपाटी । नेपाली काँग्रेस सिन्धुपाल्चोक प्रतिनिधि सभा १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले पाटन अस्पतालमा उपचारर्थ बाह्रबिसे नगरपालिका-३ की एक बिरामीलाई नगद सहयोग गरेका छन् ।
बाह्रबिसे नगरपालिका-३ का दिपक थापाका १६ बर्षीया छोरी गरीमा थापा ५४ दिन अघि लडेर गम्भीर घाइते भइ अचेत अबस्थामा रहेकी थिइन् ।
उनीको टाउकोमा चोट लागेर रगत जमेका कारण राजधानीको पाटन अस्पतालमा उपचार भईरहेको परिवारजनले जनाएका छन् ।
उपचार गर्न आर्थिक अभाव भएका कारण सभापति बस्नेत बुधवार अस्पतालमा नै पुगेर बिरामीकी आमालाई नगद २४ हजार सहयोग गरेका छन् ।
काँग्रेस जनताका पार्टी भएकोले उपचारका लागि थप सहयोगको बातावरण बनाउने पनि सभापति बस्नेतले बताएका छन् ।
बिरामीका बुबा दिपक थापाले छोरीको उपचारमा धेरै पैसा लाग्ने भएका कारण सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।