विश्वकै सामुदायिक वन अध्ययन केन्द्रको सभामुखबाट शिलान्यास

चित्र मिजार, रातोपाटी न्युज ।  शुक्रबार सामुदायिक वनको उद्गमस्थल ठोकर्पामा बिश्वकै पहिलो सामुदायिक बन अध्ययन केन्द्रको शिलान्यास गरिएको छ ।

सुनकोसी गाउॅपालिका वडा १ स्थित पोखरीडाडामा अध्ययन केन्द्रको शिलन्यास गरिएको छ । सो भवनको शिलन्यास प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले गर्नुभएको छ ।

चार दशकअघि सुनकोसी गापा-१ का तत्कालीन प्रधानपञ्च एवम समाजसेवी नीलप्रसाद भण्डारीको नेतृत्वमा विश्वमै पहिलो पटक सुनकोशी गापाको ठोकर्पामा सामुदायिक वनको बिकास अभियान सुरु गरिएको थियो ।

२०७३ साल जेठ १८ गते नेपाल सरकारले मुल्यांकन गर्दै ठोकर्पालाई पहिलो सामुदायिक वनको उद्गमस्थल र नील प्रसाद भण्डारीलाई बनको अभियन्ताको पहिचान दिएको ठोकर्पा सामुदायिक बन अध्ययन केन्द्र निमार्ण तथा संचालन समितिका अध्यक्ष उत्तम भण्डारीले जानकारी दिनुभयो ।

तत्कालीन सरकारले ठोकर्पालाई सामुदायिक वनको उद्गमस्थल मानेको छ । २०३० सालमा स्थानीय जनसहभागितामा वन नर्सरी बनाएर सामुदायिक वन हुर्काउने अभियानमा लाग्नु भएको थियो । नील प्रसाद भण्डारी कै पहलकदमीमा उजाड र नाङगा डाडाँहरु हरियाली क्षेत्रमा परिणत भएका थिए ।

ठोकर्पामा सामुदायिक वनमा बिरुवा रोपेर, हुर्काएर, वन संरक्षण र बिकास गरेको अनुपम उदाहरण बिश्वभर फैलिएको थियो । अहिले ठोकर्पामा सामुदायिक वन अध्ययन केन्द्र निमार्ण हुन लागेको छ । ‘यहॅा भ्याटसहित एक करोड ८८ लाख बराबरको लागतमा अध्ययन केन्द्र बन्नेछ, साथै विश्वकै पहिलो सामुदायिक बनको अवधारणास्वरुप स्तम्भ बनाइनेछ,’ सो भवन निमार्ण तथा संचालन समितिका अध्यक्ष रहनु भएका उत्तम भण्डारीले बताउनुभएको छ ।

ठोकर्पाको सामुदायिक बनलाई अन्तराष्ट्रियकरण गर्दै पर्यटकीय हब, अनुसन्धानात्मक केन्द्रको रुपमा बिकास गरिने उहाँले बताउनुभयो । सो अध्ययन केन्द्रको प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद गर्नु भएको थियो ।

सापकोटाले आफु तत्कालिन बनमन्त्री हुदा चिनिया सरकारपक्षसग ठोकर्पा बनको बिकासको निमित्त छलफल गरेको र केही समयअघि अष्ट्रेलियन राजदुतसँग सो बनको बिकासवृद्धिको लागि बहस गरेको जनाउनुभयो ।

ठोकर्पा सामुदायिक बनलाई अन्तरराष्ट्रिय अध्ययन केन्द्र र उत्पादनमा जोड्नको लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, बन मन्त्रीलगायतका अन्य सरोकारवाला पक्षसग छलफल गर्ने उहाँले प्रतिबद्धता गर्नुभएको छ । ‘खनिज र कृषिक्षेत्रलाई प्रवर्द्धन गरिनेछ, यसमा म तत्पर भएर कस्सिरहेको छु ,सबैको सहयोग पाउँ,’ उहाँले भन्नुभयो ।

त्यस्तै सामुदायिक बन उपभोक्ता राष्ट्रिय महासंघका महासचिव ठाकुर भण्डारीले ठोकर्पामा विश्वकै सामुदायिक बन अध्ययन केन्द्र बनाइनुले विश्वमै नयाँ सन्देश दिएको उदाहरण दिनुभयो ।

सरकारले सामुदायिक बनलाई संरक्षण, सदुपयोग र दिगो व्यवस्थापन गर्न जरुरी रहेको उहाँले औल्याउनुभयो । उहाँका अनुसार मुलुकमा २२ हजार दुईसय ६२ सामुदायिक बन रहेका छन् । २२ लाख हेक्टर जमिन सामुदायिक बनले ओगटेका छन् । २९ लाख घरधुरी सामुदायिक बनमा आबद्ध छन् ।

एक करोड ५० लाख उपभोक्त प्रत्यक्ष रुपमा सामुदायिक बन उपभोग गरिरहेका छन् । त्यस्तै बन तथा भु-संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले सामुदायिक बनको प्रवर्द्धन गर्न सरकार दत्तचित्त भएको बताउनुभयो । कार्यक्रममा बिभिन्न कार्यालयका प्रमुख र प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button