सिद्धार्थ बैंकद्वारा १७ स्थानीय राहत कोषमा आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न १७ वटा गाउँपालिका तथा नगरपालिकाका शाखामार्फत ३० हजारको दरले स्थानीय तह राहत कोषमा ५ लाख १० हजार सहयोग गरेको छ ।
बैंकले निरन्तर सहयोग प्रदान गर्दै आएको र सो सहयोगबाट आमनागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वासका साथ सहयोग गरेको जनाएको छ । उक्त रकम बैंकका निम्न शाखामार्फत प्रदान गरिएको हो :
नवलपुर, महोत्तरी, भोजपुर, सुनसरी, काभ्रे, रुपन्देही, रामेछाप, तनहुँ, संखुवासभा, सिन्धुली, बारा, कपिलवस्तु, रौतहट, बारा, पूर्वी रुकुम, पर्सा, बाजुरा शाखाले एक÷एक स्थानीय तहलाई राहत स्वरूप आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।
यसअघि सिद्धार्थ बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा १० लाखको दरले ७० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।