विदुर अधिकारीको अध्यक्षतामा माफ नेपालको प्रथम वार्षिक अधिवेशन सम्पन्न, ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । मिडिया एड्भोकेसी फोरम (माफ) नेपालको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सो भेलाले विदुर अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

पैरवी पत्रकारहरुको साझा मञ्च माफ नेपालको आइतबार सम्पन्न माफको प्रथम साधारण सभा तथा अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नयाँ अध्यक्षमा संस्थापक अध्यक्ष विदुर अधिकारी र महासचिवमा पुनः निरोज तोलाङे निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा आइसा मैनाली निर्वाचित हुनुभएको हो ।
त्यसैगरी सदस्यहरुमा कमला हमाल, नर बहादुर बि.क, जानुका भट्टराई, मकलसिं राई, शंकरदत्त भट्ट र सन्तोष सुन्दास निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिमा संस्थाका सल्लाहकार डा. बि. पी. खनाल र लक्ष्मेश्वर महत्तो रहनुभएको थियो ।

निर्वार्चित अध्यक्ष विदुर अधिकारीले उत्पीडनमा परेका उपेक्षित वर्ग तथा समुदाय, दलित, सिमान्तकृत, अल्पसंख्यक धार्मिक समुदाय लगायत जसले आफनो हक अधिकार र आवाजलाई उठान गर्न सक्दैनन् उनीहरुको आवाजलाई मिडियाको माध्यमबाट उठान गर्दै सम्बन्धित सरोकारवाला निकायलाई दवाब सिर्जना गर्न आगामी दिनमा माफ नेपालले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पैरवीका अभियान तथा कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो ।

पैरवी पत्रकारहरुको साझा मञ्च मिडिया एड्भोकेसी फोरम नेपाल जो बिधिवत रुपमा दर्ता भइ निरन्तर मिडियाको क्षत्रबाट अल्पसंख्यक धार्मिक समुदाय, दलित उत्पीडित सिमान्त्कृत बर्ग तथा समुदाय लगायत जो आफ्नो आवाज उठान गर्न र हक अधिकारको वकालत वा पैरवी गर्न सक्दैनन् त्यस्ताहरुको आवाज मुखारित गर्ने र उनीहरुको पक्षमा मिडियाद्वारा आवाज उठान गर्दै निरन्तर सरकार र सम्बन्धित सरोकारवालाहरुसँग पैरवी गर्ने मुख्य लक्ष्य रहेको छ र सो अनुसार आफ्नो पैरवीका कामहरु गर्दै आइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button