हुम्लामा हिमपात, बाली सप्रिने भन्दै किसानहरु खुसी

हुम्ला । कर्णाली प्रदेशको हुम्ला जिल्लामा हिमपात भएको छ । सोमबार बिहानैदेखि जिल्लाका धेरै ठाउँमा हिमपात शुरु भएको हो ।
यस वर्ष हुम्लामा दोस्रो पटक हिमपात भएको हो । जिल्लामा यसअघि कात्तिक १८ गते पनि हिमपात भएको थियो ।
हिमपात हुँदा बाली सप्रिने भन्दै किसानहरु खुसी भएका छन् । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुसी भएका हुन ।
सोमबार बिहानै हिमपात भएपछि किसानमा खुसीयाली छाएको स्थानीय भक्त रोकायाले बताए । लामो समय पानी नपरेको कारण जमिन सख्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने बिस्वास किसानलाई छ ।
हिमपातले किसानका लागि जेठासी बाली छर्न सहज भएको धुलो हराएर जिल्लामा फैलिएको रुघाखोकी पनि बिसेक हुने रोकायाको भनाइ छ ।
हिमपातले चिसो भने बढेको छ । बिहान तापक्रम माईसन सात डिग्री पुगेको छ । उत्तरी हुम्ला सेताम्मे भएको छ भने तिहारका टिका लगाउन केही कठिनाई हुनेछ ।