बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बडीमालिका नगरपालिका–९ का शेरबहादुर बडुवालको भीरबाट लडेर मृत्यु भएको हो ।
आईतवार राति राप्क बजारबाट फडिल्ला घर गएका उनको शव भीरबाट लडेको अवस्थामा फेला परेको स्थानयले बताएका छन् ।
अत्यधिक मदिरा सेवन गरेर भीरको बाटो गएका उनको झोला, टोपी र मोबाइल सोमबार बिहान बाटोमा फेला परेको थियो ।
उक्त सामान शेरबहादुरको भएको थाहा पाएपछि भीरमा खोज्दा उनको शव फेला परेको आफन्तले बताएका छन् ।