आज ११ सय ९७ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ११९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन।
देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१०९७३ पुगेको छ। आज कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। यो सँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२३० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको छ।