दार्चुलामा अत्याधिक चिसोबढेसंगै हिमपात बसाइँ सर्ने तयारी

दार्चुलामा चिसो बढेसँगै दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा हिमपात सुरु भएको छ । दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ ।
हिमपातका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् । हिमपातकै कारण छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारीमा रहेका छन् हिमपात भएसँगै व्यासको छाङ्रु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा दुई फिट भन्दा बढि , हिउँ जमेको छ।
हिमपातका कारण यहाँको दृश्य मनोरम भएको छ ।” हिउँ पर्न थालेपछि चिसो निकै बढेको स्थानीवासी यउत्तर टमटाले जानकारी दिए । उनले भने “दुई फिट भन्दा बढि हिउँ गाउँमा जमेको छ । हिमपातका कारण चिसो बढेको छ । हिमपातका कारण यहाँको दृश्य मनोरम भएको छ ।” चिसो बढेसँगै तिङ्करकवासी बुधबार खलङ्गा झर्दैछन् ।
गाउँमा चिसो ह्वात्तै बढेपछि भारतको बाटो हुँदै सौका समुदायको बसाइसराइ (कुञ्चा) खलङ्गा झर्न लागेका हुन् । छाङ्रुको कुञ्चा भने यही मङ्सिर १९ गते मात्रै झर्ने तयारी भएको स्थानीयवासी उत्तर टमटाले बताए चिसो बढेसँगै तिङ्करकवासी बुधबार खलङ्गा झर्दैछन् ।
गाउँमा चिसो ह्वात्तै बढेपछि भारतको बाटो हुँदै सौका समुदायको बसाइसराइ (कुञ्चा) खलङ्गा झर्न लागेका हुन्छ । समुद्री सतहबाट १२ हजार फिट उचाइमा रहेको सो गाउँमा हिमपात हुने भएका कारण जाडो छल्न आउनुपर्ने स्थानीयवासीको बाध्यता छ । यहाँका स्थानीयवासी कुञ्चा सर्दा सम्पूर्ण परिवारको साथै पशु, खाने रासन, कपडा र भाँडाकुडासहित आउने गर्छन् ।