दार्चुला: भारतीय व्यापारीद्वारा काली नदीको पुल खुला गर्न माग

भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाका व्यापारीहरुले नेपालसँग व्यापार पुनः सुचारु गर्न माग गर्दै सिमानामा रहेको पुल खोल्न आग्रह गरेका छन् ।

काली नदीमा रहेको झोलुङ्गे पुल भारतको उत्तराखण्डको धार्चुला र नेपालको दार्चुला जिल्लालाई जोड्ने गर्छ । मार्च २५ मा नेपालले लकडाउनको घोषणा गरेलगत्तै सो पुल बन्द गरिएको छ । सो पुलमार्फत नेपाल आएर भारतीय व्यापारीहरुले गार्मेन्ट, गरगहना र अन्य सामाग्रीहरु बेच्ने गर्दछन् ।

लकडाउन हटेपनि कोरोनाको सम्भावित संक्रमणलाई दृष्टिगत गरेर पुल बन्द गरिएको छ । अहिले सो पुल कुनै आपतकालिन प्रयोजनको लागि मात्र खुल्ने गरेको छ ।

भारतीय व्यापारीहरुले पुल खोल्न माग गर्दै पुलमा धर्ना दिन थालेका छन् । पुल बन्द हुँदा आफ्नो ब्यापार नराम्रोसँग प्रभावित भएको भारतीय व्यापारीहरुले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button