खुलामञ्चको सट्टा थापाथलीमा निःशुल्क खाना वितरण गरिने

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनका कारण रोजगारी गुमाएर भोकै बस्नुपरेका मजदुर लगायत असहाय व्यक्तिहरूलाई खुलामञ्चमा निःशुल्क खाना वितरण गरिँदै आएकोमा अबदेखि थापाथलीमा खाना वितरण गरिने भएको छ ।
बुधबारदेखि काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूबीचको सहमति अनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै खाना वितरण गर्ने कार्य सुरु भएको हो ।
निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूसँग परामर्श गरेर अस्थायी रूपमा थापाथलीमा खाना वितरणको स्थान तोकिएको र आगामी दिनमा पार्टी प्यालेस वा अन्य थप व्यवस्थित ठाउँमा खाना वितरणको पहल भइरहेको महानगरपालिकालर् जनाएको छ ।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना वितरण गरेकोप्रति आपत्ति जनाउँदै आएको थियो ।