विश्व बैंकसँग नेपालले गर्‍यो ४२ अर्ब रूपैयाँको ऋण सम्झौता

काठमाडौं। नेपालले विश्व बैंकसँग ४२ अर्ब रूपैयाँको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड-१९ पश्चातको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन सरकार र विश्व बैंकबीच दुईवटा सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल सहरी शासकीय सुधार र पूर्वाधार आयोजना र आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायता गरी दुईवटा सम्झौतामा हस्ताक्षर भएको हो। नेपाल सरकारको तर्फबाट अर्थसचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन्।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमपछि अर्थ मन्त्रालय र विश्व बैंकद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिका अनुसार १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) बराबरको नेपाल सहरी शासकीय सुधार र पूर्वाधार आयोजनाले दुई रणनैतिक सहरी समूहहरूमा अवस्थित ३३ वटा नगरपालिकाहरूलाई सहयोग गर्नेछ। यसमा पूर्वी-तराई क्षेत्र र पश्चिमी क्षेत्रका नगरपालिकाहरू पर्छन्।

आयोजनाले कार्यक्षेत्रअन्तर्गतका नगरपालिकाहरू र त्यहाँ बसोबास गर्ने नागरिकहरूको प्राथमिकतामा आधारमा लक्षित सहरहरूका रणनैतिक पूर्वाधारमा नेपालमा पहिलो पटक अनुदान श्रोतको सुनिश्चितता सहित आर्थिक सहयोग पुर्‍याउनेछ। साथै सानाखालका श्रम केन्द्रित सार्वजनिक निर्माण कार्य लगायतमा आर्थिक सहयोग पुर्‍याउनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button