विश्वमा तीन करोड ९३ लाख संक्रमित कोरोना संक्रमणमुक्त

काठमाडौं । विश्वमा तीन करोड ९३ लाख २० हजार ३४ जना संक्रमित उपचारपछि निको भएका छन् ।
सबै भन्दा धेरै संक्रमित भारतमा निको भएका छन् । भारतमा रहेका ८९ लाख ५८ हजार १ सय ४३ जना संक्रमितमध्ये ८३ लाख ८१ हजार ७सय ७० जना उपचारपछि निको भएका छन् ।
त्यस्तै अमेरिकामा रहेका एक करोड १८ लाख६९ हजार २ सय ८९ संक्रमित मध्ये ७१ लाख ५८ हजार ५सय ५० जना संक्रमित उपचारपछि निको भएका छन् ।
त्यस्तै ब्राजिलमा रहेका ५९ लाख ४७ हजार ४ सय ३ जना संक्रमित मध्ये ५३ लाख८९ हजार ८ सय ६३ जना उपचारपछि निको भएका छन्।