चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारी

काठमाडौं । नेपालमा चिनियाँ प्रभाव बढ्दै गइरहेको बेला उत्तरी छिमेकी देश चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारी भएको छ।

उच्च स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री यी यही नोभेम्बरको अन्तिम हप्ता काठमाडौं आउँन लागेका छन्। चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले उक्त भ्रमणका लागि तयारी गरिरहेको र भ्रमण मिति चाँडै सार्वजनिक हुने बताइएको छ।

विदेशमन्त्री यी बेइजिङबाट दक्षिण एसियाली देशको भ्रमणमा निस्किने र त्यहीक्रममा काठमाडौं पनि आउने स्रोतको दाबी छ।

पछिल्लो समय सत्ताधारी दल नेकपामा विवाद बढेको छ। उक्त विवाद मिलाउन नेपाल स्थित चिनियाँ राजदूत होउ यान्छी सक्रिय छिन्।

यहि पृष्ठभूमिमा चिनियाँ विदेशमन्त्रीको भ्रमण तय हुने कुरालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button