अछाममा अरिङ्गालले टोकेर गम्भिर घाइते भएका रावललाई हेलिकोप्टरमार्फत उद्दार

वलदेवसिहं नायक, सूदुरपश्चिम प्रदेश व्यूरो । अछाममा अरिङ्गालले टोकेर गम्भिर घाइते भएका गोकर्ण रावललाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका–५ सुगालीका ४८ वर्षीय रावललाई कार्तिक २ गते राति अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाइबाट गम्भिर घाइते भएका उनलाई बयलपाटा अस्पताल पुर्याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई बिहीबार बिहान सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
रावललाई थप उपचारका लागि भेन्टिलेटरसहित हेलिकोप्टरमार्फत शुक्रबार काठमाडौँको ग्राण्डि अस्पताल लगिएको सूदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराका स्वकिय सचिव पंकज शाहले बताए । हेलिकोप्टरको खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने शाहले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button