लकडाउन र सरकारका नीति, कार्यक्रम पालना गरौं : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथामका लागि सरकारले अघि सारेका लकडाउन, नीति, कार्यक्रम पालनामा जोड दिएका छन् ।
नयाँवर्ष–२०७७ को शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोनामाथि विजय हासिल गरिने बताएका छन् । कोरोनाले विश्वव्यापीरूपमा सबै जाति, राष्ट्रिय राज्य, धर्म र वर्गमा असर पुर्याएको भन्दै भाइरस विरुद्धको लडाइँबाट विश्वले नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार तय हुने विश्वास लिएका छन् ।
कोरोना विरुद्धको लडाइँमा रहेका सबै मानवजाति, आम नेपाली सबैमा नयाँ सालको शुभकामना व्यक्त गरेका छन् ।