बैतडीमा १० लाख बढीको अवैध बिडी बरामद, १ जना नियन्त्रणमा

वलदेवसिहं नायक, सूदुरपश्चिम प्रदेश व्यूरो । बैतडी प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएको बिडी बरामद गरेको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ सैलोडास्थित बिनायक घाटबाट अवैध रुपमा ओसारपसार गरिरहेको अवस्थामा १२ पेटी बिडी बरामद गरिएको प्रहरी जानकारी दिएको छ । प्रहरीले बिडी ओसारपसारमा संलग्न १ जनालाई समेत नियन्त्रणमा लिएको छ ।

पञ्चेश्वर गाउँपालिका–१ का ३० वर्षीय राजेन्द्र धामीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । उक्त बरामद बिडीको अन्दाजी मुल्य १० लाख बढी रहेको उनले बताए ।

बरामद गरिएको बिडी र नियन्त्रणमा लिइएको व्यक्तिलाई आवश्यक कारवाहीका लागि भान्सार कार्यालय झुलाघाट पठाइएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button