अन्तरराष्ट्रिय बाल दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

बल्देवसिंह नायक, सुदुरपश्चिम प्रदेश । बैतडी जिल्लाको पाटन नगरपालिकामा अन्तरराष्ट्रिय बालदिवसको अवसरमा वडास्तरिय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ ।

“नयाँ युवा नयाँ सोच नेपाल बैतडी इकाई”को आयोजना र पाटन नगरपालिकाको आर्थिक सहयोगमा पाटन नगरपालिकास्थित महिला विकासको हलमा शुक्रबार कार्यक्रमको आयोजना गरेको हो ।

वडास्तरिय हाजिरी जवाफ प्रतियोगितामा ८ वटा वडाकै बालबालिकाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा क्रमश वडा नं. ७ प्रथम, वडा नं. ३ दृतिय, वडा नं. ५ तृतीय र वडा नं. ९ सान्त्वनामा पर्न सफल भएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दृतिय हुनेले १ हजार ५ सय नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

साथै तृतिय हुनेले १ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक “नयाँ युवा नयाँ सोच बैतडी इकाई”ले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button