संघिय सांसद कृष्णभक्तद्धारा भरतपुर तरकारी तथा फलफूल बजारको उद्घाटन

डिलकुमारी नेपाल, वागमती प्रदेश समाचार व्यूरो, चितवन । संघिय सांसद तथा प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले भरतपुर तरकारी तथा फलफूल मण्डीको उद्घाटन गनुभएको छ ।

भरतपुरका युवा कृषि उद्यमीहरूले भरतपुर महानगरपालिका–१०, वाइपास रोड, थानी चोकमा भरतपुर तरकारी तथा फलफूल प्रालिबाट सञ्चालित मण्डीको शुक्रवार सांसद पोख्ररेलले उद्घाटन गर्नुभएको हो ।

उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद पोख्रेलले कुनै किसानले आफनो तरकारी नबकेर फाल्नुपर्ने अवस्था अब नआउने बताउनुभयो । उहाँले अब चितवनका किसानले उत्पादन गरेको हरेक वस्तु भरतपुर तरकारी तथा फलफूल प्रालिले उचित मूल्यमा खरिद गर्नेछ तथापी यस कार्यले यहाँका किसानको आर्थिक अवस्था मजबुद बनाउने काममा टेवा पुग्ने बताए ।

भरतपुर तरकारी तथा फलफूल प्रालिका अध्यक्ष शम्भु थापाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिमा प्रदेश सांसद घनश्याम दाहाल ‘अविनाश’, भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, नेपाली कांग्रेसका सचिव उत्तमजोशीलगायतले भरतपुर तरकारी तथा फलफूल मण्डीको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

मन्तव्य दिँदै अधिकाशं अतिथिले किसानको गुणस्तरीय उत्पादित वस्तु सर्बसुलभ मूल्यमा यस मण्डिबाट उपभोक्ताको घरदैलो र भान्सामा पुग्नुपर्ने र अब बिचौलियाको अन्त्य गर्न सुझाव समेत दिएका थिए ।

३ करोडको संयुक्त लगानीमा स्थापना भएको मण्डी अति सुविधा सम्पन्न अत्याधुनिक तरकारी तथा फलफूल मण्डीमा थोक तथा खुद्रा तरकारी तथा फलफूल बिक्री वितरण गरिएको प्रालिका अध्यक्ष शम्भु थापाले बताए । उनले प्रालिले खरिद गरेका तरकारी तथा फलफूल नै विक्रेतालाई वितरण गरिने भएकाले विचौलिया नै अब नहुने बताउनुभयो ।

उहाँले ‘प्रालिले सामान खरिद गर्छ, त्यही सामान विक्रेतालाई दिन्छौँ, निश्चित नाफा राखेर विक्रेताले उपभोक्तालाई बेच्छन्, निश्चित नाफा हुने गरी प्रालिले मूल्य तोकिदिन्छ, जसका कारण यो मण्डीमा बिचौलिया कुनै गन्ध नआउने भनाई छ ।’ अध्यक्ष थापाले १० हजार वर्ग फिटको एउटै छानामुनि ७ हजार वर्ग फिटमा ४४ वटा स्टलहरू रहेको समेत जानकारी दिनुभयो ।

चामल, चिनी, दाल, तेल तथा गेडागुडी सहित अत्याधुनिक डिपाटमेन्टल स्टोर्स रहनेछ भने मण्डीमा सरसफाई गर्नको लागि पर्याप्त पानीको व्यवस्था, विजुलीको लागि ज्यानेरेटरको व्यवस्था, सुरक्षाको लागि सिसि क्यामेरा र सुरक्षा गार्डको व्यवस्था समेतरहने बताउदै पर्याप्त पार्किङको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सामान खरीद तथा बिक्रिको लागि पनि छुट्टा छुट्टै समयको व्यवस्था गरिएको बताए । विहान ३ः०० बजेदेखि ५ः०० बजेसम्म स्टलवालाले सामान खरीद गर्ने, विहान ५ः०० बजेदेखि ६ः०० बजेसम्म थोक बिक्रि गर्ने र बिहान ६ः०० बजेदेखि राती ८ः०० बजेसम्म खुद्रा खरीद बिक्रि हुनेछ । निकट भविष्यमा कृषि फर्म, बाख्रापालन, बङगुरपालन, मासु मण्डी तथा कृषि सहकारीको स्थापना गर्ने अध्यक्ष शम्भु थापाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button