थप १६ सय ७४ जनामा कोराना पुष्टि, २३ सय २३ संक्रमित निको भए

काठमाडौं । नेपालमा ८१४४ जनामा पीसीआर परीक्षण गर्दा थप १६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१८६३९ पुगेको छ।
कोरोना संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३०५ पुगेको छ।
नेपालमा थप २३२३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १९३३२५ पुगेको छ। हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन्।