पूर्वअर्थमन्त्री पाण्डेलाई आफनै निर्वाचन क्षेत्रका जनताको तिरस्कार
पाण्डेले आफ्नो बिरोध गर्नेलाई एक-एक गरी समाप्त पार्ने चेतावनी

शंकर श्रेष्ठ, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पार्टीका कार्यकर्ताले गृह जिल्लामै कालो झण्डा देखाई नाराबाजी गरेका हुन् ।
आक्रोशित कार्यकर्ताले पाण्डेले सम्बोधन गरिरहेको कार्यक्रम नै बिथोलेर बोल्न समेत रोके लगाए । पूर्वअर्थमन्त्री पाण्डे चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुुन् । उहाँ आज आफ्नै निर्वाचन क्षेत्रका जनताको तिरस्कारमा पर्नुभएको प्रष्ट बुझिन्छ ।
उहाँले हिजोदेखि नै पार्टी कमिटीलाई नगर तथा निर्वाचन क्षेत्रमा पार्टी कार्यकर्तालाई भेला गराईदिन आग्रह गर्नुभएको र सोही अनुसार नै कमिटीले आज कार्यक्रम आयोजना गरेका थिए ।
जथाभावी रुपमा गुटबन्दीमा लागेको भन्दै राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा स्थायी कमिटी सदस्य पाण्डेलाई आफ्नै कार्यकर्ताले बहिष्कार गर्दै कालोझण्डा देखाएर नाराबाजी गरेका थिए ।
सांसद विकास कोषको विषयमा छलफल गर्ने भनि भेला बोलाइएको तर विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी स निर्माण तथा सांसदपार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध शब्दहरु प्रयोग गर्न थालेपछि सांसद पाण्डेलाई कार्यकर्ताले कार्यक्रमबीच बिरोध गरेका थिए ।
पाण्डेले कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध अनावश्यक आक्षेपहरु समेत लगाउन थाले पछि कार्यकर्ताले पाण्डेलाई कार्यक्रम स्थलबाट बोल्नै नदिई लखेटेका हुन् । कार्यकर्ताको खेदाइकाबीच हलबाट बाहिरिदैँ पाण्डेले आफ्नो बिरोध गर्नेलाई एकएक गरी समाप्त पार्ने चेतावनी समेत दिनुभयो ।