दिल्लीमा भूकम्पको धक्का

भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महशुस भएको छ । आइतबार साँझ स्थानीय समय अनुसार ५ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।
भारतीय संचार माध्यमहरुका अनुसार उक्त भुकम्पको तिब्रता ३.५ म्याग्नेच्युड रहेको बताईएको छ । भूकम्पको केन्द्रबिन्दु दिल्ली नै रहेको र गहिराई ८ किलोमिटर मात्र भएको र ठुलो धक्का महशुस भएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
भूकम्पबाट हालसम्म कुनै क्षति नभएको जनाईएको छ ।