राम्चेका नेकपा कांग्रेस प्रवेश

चित्र मिजार, सिन्धुपाल्चोक । अहिले नेकपा, राप्रपा र अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या बढ्दो रहेको छ । सरकारमा रहेपनि नेकपाले बिकास र जनताको काम गर्न आलटाल गरेका कारण नेकपा परित्याग गर्नु परेको नवप्रवेशीहरुले बताएका छन् ।
यस्तैमा शनिबार सिन्धुपाल्चोकको बाह्बिसे नगरपालिका-९ राम्चेका दुई दर्जन भन्दा बढी नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । लामो समयदेखि नेकपामा लागेर तीनै तहका सरकारमा बिजयी गराउदाँ समेत बिकास नगरेका कारण नेकपा त्याग गरेको नवप्रवेशीहरुले बताएका छन् ।
राम्चेका नेकपाका पूराना नेता समेत रहेका देवेन्द्र भण्डारीले बाह्बिसे नगरपालिकाका मेयर, उपमेयर, प्रदेश मंत्री, साँसदहरुलाई ग्रामीण सडक, खानेपानी, सिचाँइ र रोजगार जस्ता बिकास गर्न पटक पटक गरेको आग्रह सुनुवाई नभएपछि कांग्रेसमा प्रवेश गरेको बताउनु भयो ।
नवप्रवेशीहरुको माग र गुनासो सुने लगत्तै बाह्बिसे नगरपालिका-९ राम्चेका वडा अध्यक्ष सानु लामाले राम्चेको अंधेरीखोला जोड्ने सडक, राम्चेका सबै गाउँमा सिचाँइ, खानेपानी लगायतका बिकास वडा र कांग्रेसले केही समयभित्र गर्ने बचनबद्धता गर्नुभयो ।
राम्चेली जनताको मागलाई सम्बोधन गर्दे नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले राम्चे सडक स्तरोन्नतिका लागि ५० करोड बजेट ल्याईदिएको स्मरण गराउनु भयो । सोही बजेटले अहिले राम्चे सडक बिस्तार, ढलान, कालोपत्रे हुन थालेको जानकारी दिनु भयो ।
राम्चेली जनतालाई पूर्व संचारमंत्री समेत भएका बस्नेतले भन्नुभयो ‘तपाईहरु बिकास माग्नोस्, म बजेटको ब्यबस्था गरिदिन्छु’ । साथै पहिला बिकास गर्छु अनि मात्रै भोट हाल्नोस बस्नेतले राम्चेलीसंग बताउनुभएको छ ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले राम्चे लगायत जिल्लाका सबै वडामा कांग्रेसले बिकासको लहर पु-राएको बताउनुभयो । गाउँगाउँमा जे समस्या छन्, ती सबै समस्या कांग्रेसले गर्ने उहाँले जोड दिनुभयो ।
बाह्बिसे नगरपालिका ९ राम्चेका इकाई सभापति शम्भु बहादुर तिमल्सिनाले राम्चेमा कांग्रेस र कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बिकासमा खेलेको भूमिकाप्रति उच्च प्रशंसा गर्नुभयो । साथै राम्चेमा कांग्रेस का संगठन सुदृढिकरणका लागि सबै नेता कार्यकर्ता लागेको बताउनुभएको छ ।
क्षेत्रीय कोषध्यक्ष बिदुर पराजुलीले कांग्रेस र बिकासलाई अघि बढाउन हातेमालो गर्दे जाने धारणा ब्यक्त गर्नुभयो । कांग्रेसका अग्रज नेता नेत्र बहादुर थापाले कांग्रेस जनताको पार्टी भएकोले जनताको बिकासमा लागिरहेको बताउनु भयो ।
बिबादरहित र लोकप्रिय काम गर्न स्थानीय सरकारलाई नेता थापाले सुझाव दिनु भएको छ । साथै पार्टीका बिभिन्न तहका नेता र नवप्रवेशीहरुले आ-आफ्नो धाराणा राखेका थिए ।
येथार्त समाचार सम्प्रेषण गर्नु भयेकोमा विशेष धन्यवाद छ।।