जंगली मौरीको टोकाइले माडीका ७ जना युवा खेलाडी घाइते

शंकर श्रेष्ठ, चितवन । चितवनको माडीमा सिकुस भनिने एक प्रकारको जंगली मौरीले टोक्दा माडीका ७ जना युवा खेलाडीहरु घाइते भएका छन् ।

माडीको वसन्तपुरस्थित दिवाकर रंगशालामा क्रिकेट प्रतियोगिता खेल्नेक्रममा क्रिकेट बलले सिकुसको गोलामा लागेपछि खेलाडीहरुलाई लखेट्दै सिकुसले टोकेको थियो ।

सिकुसले दर्जनौं खेलाडीहरुलाई टोक्न सुरु गर्दा ७ जना खेलाडीहरु अस्पतालमै पुग्नुपर्ने गरी घाइते भएका छन् ।
उनीहरुमध्य वर्ष ३२ का उदय बराल र बर्ष २९ का हरि प्रसाद तिवारीलाई बघौंडा अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ भने अन्य ५ जनाको सामान्य उपचारपछि फलोअपमा आउने गरी डिस्चार्ज गरिएको अस्पताल श्रोतले बताएको छ ।

माडी नगरपालिका खेलकुद प्रशिक्षक नेपालले सो टोकाईका कारण अस्पताल भर्ना हुनुभएका सबै घाइते खेलाडीेहरुको शीघ्र स्वास्थ्यको कामना गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button