बाँकेमा बा आमा आश्रम घरको उद्धघाटन कार्यक्रम सम्पन्न

किशोर शाही, बाँके ।  बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले बाके नेपालगन्जमा बा आमा आश्रम घरको एक कार्यक्रमका बिच उद्ध्घाटन गरेको छ ।

कार्यक्रममा प्रमुख आतिथि समाजसेवी रमेश सिटौलाले आश्रम घरको रिबन काटेर समुद्धघाटन गर्नुभएको हो ।
आयोजक केन्द्रका सभापति पुनम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथि राजु गुरुङ हुनुहुन्थ्यो भने विभिन्न संघ सस्थाका प्रतिनिधि, सामाजिक अभियान्ता र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिटौलाले असहाय तथा वेवारिसेको व्यवस्थापन उद्वार र पुर्नजीवन दिने उदेश्यले स्थापति संस्थाको सफलताको कामना गर्दै आफूहरुले पनि आर्थिक भौतिक र भावनात्मकरुपमा मानवीय सहायता गर्ने प्रतिबद्धता गर्नुभएको थियो । उहाँले यस महान कार्यमा संलग्न भई सहायता गर्नसमेत सबैलाई अपील गर्नुभयो ।

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले १२ जना बेवारिसे मानिसहरुको भेरी अस्पताल नेपालगन्जमा उपचार गरिरहेको र नेपालगन्ज भेरी अस्पतालबाट ४ वटा बेवारिसे लासहरुलाई सदगद पनि गरिएको बेवारिसे व्यवस्थापन बाँके जिल्लाका कार्यकारी निर्देशक भुपेन्द्र बस्नेतले वताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button