विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमणको कारण एकैदिन ७ हजार ३ सय ७४ जनाको मृत्यु भएको छ । यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार १ सय ९२ पुगेको छ ।

कोरोना संक्रमणबाट सबै भन्दा धेरै अमेरिकाका मानिसहरुको मृत्यु भएको छ । अमेरिकामा एकैदिन ८ सय ६३ जना संक्रमितको मृत्यु भएसँगै कुल २ लाख ६२ हजार ६ सय ९३ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै भारतमा एकैदिन ५ सय १० जना संक्रमितको मृत्युसँगै त्यहाँ १ लाख ३३ हजार ७ सय ७३ जना संक्रमितको मृत्यु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button