देशभर चिसो बढेसंगै बैतडीसहित सुदूरपहाडमा हिमपातको सम्भावना

बैतडी । मौसमबदलीसंगै सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव देखिएको बताउनुभयो ।
पश्चिमी वायुकै कारण सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिमपात हुने भएकाले बढी चिसो हुने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
राति पनि देशको धेरैजसो पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रही हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
भोलि दिउँसोसम्मको मौसम यस्तै रहने अनुमान गरिएको छ ।
भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव अलि बढी पर्ने हुनाले कतै कतै सामान्य खालको पानी पर्ने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने र अरु ठाउँमा पनि मौसम त्यति नखुल्ने सम्भावना रहेको जनाईएको छ ।