कांग्रेसबाट मोहनप्रसाद पाण्डेले लिए सांसद पदको शपथ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको सिफारिसमा मोहनप्रसाद पाण्डेले संघीय संसद (प्रतिनिधिसभा) सदस्य (सांसद)को शपथ ग्रहण गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार पाण्डेलाई प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्याङ्जा जिल्ला घर भएका पाण्डेलाई समानुपातिक तर्फको खाली रहेको स्थानमा सांसद नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको सांसद पदमा कांग्रेसले पाण्डेलाई सिफारिस गरेको हो ।

नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेका केसीको गत कात्तिक १७ गते निधन भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button