आज देखि कक्षा १२ को परीक्षा सुरु, बैतडीबाट ३ हजार बढी बिद्यार्थी सहभागी

बल्देब सिह नायक, बैतडी । कक्षा १२ को परीक्षा आज मगंलबार सुरु भएको छ ।

गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण पछाडी धकेलिएको थियो ।

आज परिक्षाको पहिलो दिन अङग्रेजी बिषयको परीक्षा सञ्चालन भएको छ ।

यो बर्षको कक्षा १२ को परीक्षामा बैतडीबाट ३ हजार ३ सय ३६ जना बिद्यार्थीहरु सहभागी भएका छन ।

जसमा १ हजार ४ सय ३१ जना प्राईभेट र १ हजार ९ सय ५ जना नियमित तर्फका बिद्यार्थीहरु रहेको शिक्षा बिकास तथा समन्वय ईकाई बैतडीका प्राबिधिक सहायक राम चन्द्र भट्टले जानकारी दिनुभएको छ ।

जिल्ला भरिमा ६१ ओटा परीक्षा केन्द्रहरु तोकिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button