डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु

डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु भएको छ ।
जिल्लाको नवदुर्गा गाउँपालिका-२ को ढोडनाको भीरबाट लडेर ३५ वर्षीया पुतली देवी भुलको मृत्यु भएको हो ।
बाटोमा हिड्दै गर्दा उनी शिशुसहित भीरबाट लडेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिनु भयो ।