कोरोना सङ्क्रमित मन्त्री लामालाई थप उपचारका लागि काठमाडौं ल्याइयो

हेटौँडा। बागमती प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।

कोरोना संक्रमण भएका लामालाई थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगिएको मन्त्रीको निजी सचिवालयले बताएकाे छ।

आफ्नै सरकारी निवासमा आराम गरिरहेका उनलाई असहज महशुस भएपछि मंगलबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएकाे हाे।

मन्त्री लामालाई मंसिर ५ गते हेटौँडा -१० मा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

आज निकै असहजका कारण काठमाडौ लगिएकाे छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button