लामोसाँघु साकोसबाट ५० लाखसम्म उद्यमी कर्जा

रातोपाटी न्युज, सिन्धुपाल्चोक । अबदेखि लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लिमिटेड र साना किसान बिकास लघुबित्त बित्तिय संस्था लिमिटेडको साझेदारीमा ५० लाख सम्म उद्यमी कर्जा प्रवाह हुने भएको छ ।

उक्त कर्जा केही समयबाट नै शुरु गरिने लामोसाँघु साकोसका अध्यक्ष राम कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।

लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र साना किसान बिकास लघुबित्त बित्तिय संस्था लि. ईलाका कार्यालय बनेपाको बित्तिय सहयोगमा आइतबार सम्पन्न सहकारी अभिमुखीकरण तालिममा सो कुरा जानकारी गराइएको हो ।

लामोसाँघु साकोसका संचालक समिति, शेयर सदस्य र सहकारीप्रेमीहरुको सहभागितामा अभिमुखीकरण सम्पन्न भएको थियो ।
सहकारीले पशुपालन, तरकारी खेती, कृषि तथा पशुपालनमा कर्जा प्रवाह गरि सदस्यका जीवनस्तर उकास्ने गतिबिधि गरिरहेको अध्यक्ष श्रेष्ठले बताउनु भएको छ ।

सो साकोसले ब्यवसायिक योजना निमार्ण गरिरहेको र त्यस योजना अनुरुप सहकारीले कर्जा प्रवाह गर्ने ब्यवस्थापक रबिन बिकले जानकारी दिनुभयो ।

केही समयपछि स्वालम्बन कर्जा, मासु तथा दुधजन्य कर्जा, तरकारी खेती कर्जा प्रवाह गर्दे सदस्यलाई उत्पादनमूलक कार्यमा जोडने ब्यबस्थापक बिकले बताउनु भएको छ ।

सो सहकारीले पनि कृषि, पशुपालान, साना तथा मझौला ब्यबसाय, उत्पादनमूलक र सीपमूलक क्षेत्रमा कर्जा प्रवाह गरिरहेको छ ।

सो कारण सदस्यको जीवनस्तरमा परिवर्तन आईरहेको छ ।

सो सहकारी एक बर्ष अघि नै आफ्नै सुबिधा सम्पन्न भवनबाट सेवा दिदै आएको छ ।

बिगत बर्ष देखि नै सो सहकारीले कृषकलाई सहुलियतपूर्ण रुपमा रासायनिक मल, बिउविजन लगायत सेवा दिदै आईरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button