पार्टीमा गुटगत राजनीति उग्र हुँदा बुधवार ओली पक्षका विद्यार्थी भेला, ललितपुरमा नेपाल पक्ष जुट्दै

काठमाडौं । पार्टीमा गुटगत राजनीति उग्र हुँदा नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूमा पनि त्यसको असर परेको छ ।

दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल पक्षमा विद्यार्थी विभाजित भएका हुन् ।

प्रधानमन्त्री ओलीनिकट  अनेरास्ववियुको काठमाडौं उपत्यका भेला भोलि १२:३० बजे हुने भएको छ ।

पार्टीभित्रको मतभेद चर्किंदै गएको बेला ओली समूहले विभिन्न जनवर्गीय संगठन र एनजिओको बैठक र भेला आयोजना गर्ने क्रममा उक्त भेला हुन लागेको बताइन्छ ।

यता वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि आगामी शुक्रबार, शनिबार र आइतबार ललितपुरका स्थानीय तहको भेला आयोजना गर्न लागेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button