कोरोना कहरका कारण यसबर्ष माडीको छरछरेधाममा हरिबोधनी एकादशी मेला संचालन नहुने

डिलकुमारी नेपाल, चितवन । आज र भोलि हरिबोधनी एकादशी पर्व मनाइँदैछ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने भएकाले तिथीका हिसाबले आजै एकादशी रहेता पनि यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले आज बुधबार एकादशी मनाएका हुन् ।

संस्कृत वेदमा आधारित भई कर्म गर्नेले भने भोलि बिहीबार मनाउँदैछन् ।

यस अवसरमा भगवान विष्णुको पूजा, आराधना, भजनकीर्तन र ब्रत बसी याे एकादशी मनाउने गरिन्छ ।

एकादशीमा तुलसीको मोठ सिँगारी फूलमाला लगाइदिएर तुलसीको विवाह गरिदिने चलन रहेकाे छ ।

ब्रत बस्ने ब्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदाम लगायतका फलफूल खाने चलन छ, भने कोरोना कहरका कारण यसबर्ष माडीको छरछरेधाममा हरिबोधनी एकादशी मेला संचालन नहुने भएकाे छ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका सन्दर्भमा यसबर्ष छरछरे एकादशी मेला सञ्चालन नहुने निर्णय गरिएको माडी-५ का वडाध्यक्ष रामबन्धु पोख्रेलले बताउनुभयाे ।

मेला नहुने भएपनि छरछरे शिव मन्दिरमा पुजा अर्चना गरी तोरण टाँग्न भने श्रद्धालु भक्तजनहरुलाई कुनै रोक नगरिएको पोख्रेलले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button