बैतडीमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

बल्देब सिंह नायक, बैतडी । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि बैैैतडीमा शुरु भएको छ ।

लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मूल नाराका साथ अभियान शुरु भएको हो ।

अभियानको अवसरमा बैतडीमा पनि विभिन्न कार्यक्रम शुरु भएका छन् ।

कोरोना भाईरसको महामारीका कारण भीडभाड हुने खालका कार्यक्रम नभए पनि सञ्चार माध्यमबाट पैरवी तथा बहस गर्ने खालका कार्यक्रम सञ्चालन गरिएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले जानकारी दिनुभयो ।

महिलामाथि अझै पनि विभिन्न किसिमले हिंसा भईरहेकाले यसको न्यूनीकरणका लागि समाजका सबै वर्ग लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै विद्यालयहरुमा सानो सानो समूहमा सचेतना तथा अन्तरक्रिया गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा बालिकाहरुमाथि जघन्य खालका अपराध भईरहेकाले यस्ता घटना न्यूनीकरणमा परिवारको सदस्यहरुको अहम भूमिका हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button