राजसंस्थाको माग गर्दै पोखरा र जनकपुरमा राजावादीहरुको शक्ति प्रदर्शन

काठमाडौं । बुधबार पोखरा र जनकपुरमा एकैदिन राजावादीहरुले शक्ति प्रर्दशन गरेका छन्।

राजसंस्थाको माग गर्दै पोखरा र जनकपुरमा मोटरसाइकल र्‍याली निकालिएको हो।

पूर्व राजा ज्ञानेन्द्र शाहको पक्ष, नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान लागु गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले र्याली निकालेको हो।

बुधबार पोखरा र जनकपुरधामका विभिन्नबाट नेपाल राष्ट्रवादी समूहले राजतन्त्र फर्काउनु पर्ने माग गर्दै राष्ट्रिय झण्डा बोकेर सयौंको संख्यामा मोटरसाइकल जुलुस निकालेको हो।

पूर्व राजाको पक्षमा नारा लगाउँदै उनीहरुले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, राजसंस्था पुर्नस्थापना हुनुपर्ने लगायतका माग राखेका थिए। उनीहरुले राजा आउ देश बचाउको नारा समेत लगाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button