संविधानसभा सदस्य उरावको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले संविधानसभा सदस्य एवं कांग्रेस सुनसरीका महासमिति सदस्य शिवनारायण उरावको निधनप्रति दुःख व्यक्त गरेको छ ।

उनको ६१ वर्षको उमेरमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा यही वैशाख १ गते निधन भएको हो ।

पार्टी प्रमुख सचेतक बालकृष्ण खाणले आज एक शोक वक्तव्यमार्फत उराव निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै दुःख व्यक्त र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । २०६४ को संविधानसभा सदस्य रहेका नेता उराव समाजिक क्षेत्रमा पनि सक्रिय थिए । -रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button