राष्ट्रिय युवा प्रतिभा पुरस्कारका लागि सुदूरपश्चिमबाट बैतडीका धिरेन्द्र चन्द छनोट

बलदेब सिंह नायक, बैतडी । सरकारले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा प्रतिभा पुरस्कारका लागि सुदूरपश्चिमबाट धिरेन्द्र बहादुर चन्द छनोट भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने सो पुुरस्कारको लागि बैतडी जिल्लाको पाटन नगरपालिका–९ का धिरेन्द्र चन्दलाई छनोट गरिएको हो ।
जीव शास्त्री समेत रहेका चन्द सुदुरपशिचममा रहेर वन वातावरण र वन्यजन्तुको अनुसन्धान र संरक्षणमा क्रियाशिल छन् । सरकारले चन्दसहित ११ युवा र २ संस्थालाई यो वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कार दिने भएको छ ।
विभिन्न क्षेत्रमा गरेको योगदानको सम्मान स्वरुप उनीहरूलाई जनही १/१ लाख नगद राशिसहित पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ ।
पुरस्कार एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने जनाइएको छ । सुदूरपश्चिममा वन्यजन्तुको खोज-अनुसन्धान र संरक्षणको निम्ती अनुसन्धानकर्मी चन्दले समुदायस्तरमा विभिन्न कार्य गर्दै आएका छन् । उनले सुदूरपश्चिम प्रदेशमा बाँदर, चितुवा आतङ्क, डल्फिन, पुड्के खरायोको बारेमा अनुसन्धान गरेका छन् ।
उनी वन्यजन्तु संरक्षण तथा वातावरणसंग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागिता जनाइ सकेका छन् ।