विदेशबाट आएका व्यक्ति लुकाउनेलाई पनि कारबाही !

काठमाडौं । सरकारले पछिल्लो समय विदेशबाट आएकाहरुका बारेमा स्थानीय प्रशासनलाई जानकारी नगराई लुकाएर राखेको पाइए लुकाउने व्यक्तिलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

अर्थ तथा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले दिएको जानकारीअनुसार सरकारले दिएको आदेश पालना नगरी सीमा क्षेत्रबाट अनधिकृत रुपमा प्रवेश गर्ने र नेपालमा प्रवेश गरेर पनि स्थानीय प्रशासनलाई जानकारी नगराई लुकाएर राखेको पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ ।

स्थानीय प्रशासनले विदेशबाट आउनेहरुको लगत संकलन गर्दै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button